कतारमा मृत्युदण्डकाे सजाय पाएका बिनाेद रानाभाटकाे रिहाइको लागि पाेर्तुगलमा पनि सहयाेग अभियान


युरोप नेपाली सम्वाददाता, १० जुलाई, लिस्बन । कतारमा मृत्युदण्डकाे सजाय पाएका २२ वर्षीय बिनाेद रानाभाटकाे रिहाइको लागि पाेर्तुगलबाट सहयाेग अभियान थालिएको छ । एकजना नेपाली र भारतीय नागरिककाे झगडा छुट्टयाउन खाेज्दा फसेका रानाभाट भारतीय नागरिकको हत्या गरेकाे अभियाेगमा जेल परेका हुन् ।

घाइतेलाई अस्पताल लैजान सहयोग गरेका रानाभाटकाे फिङ्गर प्रिन्ट मृतकको शरीरमा भेटिएपछि अदालतबाट दाेषी ठहरिएका थिए । उनलाई ८२ लाख नेपाली जरिवाना र तीन वर्षकाे जेल सजाय ताेकिएकाे थियाे । ब्लड मनी बराबर ८२ लाख रुपैया मृतकको परिवारलाई बुझाए रिहाइ हुनेछन् । ब्लड मनि बुझाउन नसके उनलाई मृत्युदण्डको फैसला हुनसक्नेछ ।

संसारभरि छरिएका नेपालीले उनकाे रिहाइको लागि रकम सङ्कलन गरिरहेका छन् । पाेर्तुगलमा पनि रकम सङ्कलन अभियान चलाइएको छ । अभियान सञ्चालन गरेको पहिलाे दिनमै २०० युराे भन्दा बढी रकम उठेकाे अभियानका एक सदस्य मनोज भट्टराईले बताए ।

अभियानमा सहयाेग गर्न चाहनेले निम्न बैंक खाता PT50 0193 0000 1050 1807 3819 5 मा पैसा जम्मा गरेर मोबाइल नम्बर ९२०५४८०१० मा जानकारी गराउन सक्नुहुनेछ । सङ्कलन भएको रकम सीधै रानाभाटकाे परिवारलाई बुझाइने छ ।

Comments are closed.