कास्की आदर्श सेवा समाज पोर्चुगल तेस्रो अधिवेशनबाट कृष्ण सुवेदी अध्यक्षमा निर्वाचित, रासस समाचारदाता गिरीसहित समाजद्वारा तीन ब्यक्ति सम्मानित

युरोप नेपाली डटकम, लिस्बन, ३० जुलाई । पोर्चुगलको राजधानी लिस्बनमा “कस्केलीहरुको खोजी अभियान, समृद्ध जन्मथलो हाम्रो स्वभिमान” मुल नाराकासाथ कास्की आदर्श समाज पोर्चुगलको तेस्रो अधिबेशन जुलाई २९ तारिख सोमबार जिनाजियो क्लबमा सम्पन्न भएको छ ।

अधिबेशनले दुई बर्षकोलागि कृष्ण सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमिति को उपाध्यक्षमा पुर्ण तामाङ, बिक्रम गुरुङ, डिलबहादुर बर्देवा, धर्मराज बराल, अशोक दहाल, महासचिव मेघनाथ सुवेदी (दिपक ) सचिब नवीन तिम्सिना, भुबन बराल, नारायणजङ शाह, राधाकृष्ण आचार्य र कोषाध्यक्ष राजेन्द्र बराल, सहकोषाध्यक्ष शोभा पुरी गिरी रहेका छन् ।

गठित कार्यसमिति सदस्यमा प्रेम गुरुङ, उर्मिला गुरुङ, राजु सुबेदी, कोपिला भुजेल, रबिन पहारी, ओमकार अधिकारी र आनन्द थापा रहेका छन् ।

समाजको सल्लाहकार नवीन बराल, रेमश आचार्य, मनिराम नेपाली रहेका छन् भने समाजले रमेशकुमार गुरुङको प्रमुख संरक्षकत्वमा गोविन्द पौडेल, सीता बराल, नारायण गुरुङ, यज्ञ तिम्सिनालाई संरक्षकमा चयन गरेको छ ।

अधिबेशनको अवसरमा कास्की जिल्ला घर भइ पोर्चुगललाई कर्मथलो बनाउदै आएका कस्केली समुदायका विभिन्न ब्यक्तित्वहरुलाइ सम्मानित गरिएको थियो । समाजद्वारा सम्मानित हुनेहरुमा राष्ट्रिय समाचार समिति पोर्चुगलका समाचारदाता भगवान गिरी, उत्पीडित जातीय समाज पोर्चुगलका अध्यक्ष मनिराम नेपाली, तमु समाज पोर्चुगलका अध्यक्ष बिकास गुरुङ थिए ।

कास्की समाज अन्तर्राष्ट्रिय समितिका संरक्षक एवं पोर्चुगलका प्रमुख संरक्षक रमेशकुमार गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रम एनआरएनए पोर्चुगलका अध्यक्ष कुबेर कार्की, चेम्बर अफ कमर्श पोर्चुगलका प्रतिनिधि शम्भु गौतम, कास्की समाजका केन्द्रीय महासचिव तथा निर्वाचन समिति संयोजक गोविन्द पौडेल, केन्द्रीय महिला उपाध्यक्ष सीता बराल, प्रवासी नेपाली मञ्चका रोबर्ट लिम्बु, जनसम्पर्क समितिका अध्यक्ष बिनोद घिमिरे, जन प्रगतिशील मञ्च पोर्चुगलका डोलराज भण्डारी, नेपाली समाज पोर्चुगलका अध्यक्ष सोम सेर्पा, जन प्रगतिशील मोर्चा पोर्चुगलका महासचिव प्रदीप अधिकारी एकता समाज पोर्चुगलका अध्यक्ष गोमनाथ सुवेदी अधिवेशन सफलताको शुभकामना दिएका थिए ।

यसैगरी पत्रकार महासंघ पोर्चुगलका संयोजक योगेन्द्रमिलन छन्त्याल, जनजाति महासंघ पोर्चुगलका अध्यक्ष हेम गुरुङ, नेपाली महिला समाज पोर्चुगलकी अध्यक्ष निर्मला खराल ढकाल, नारी समाज पोर्चुगलकी अध्यक्ष जयकला राई, गुल्मी समाजका अध्यक्ष युवराज पन्थी, स्याङ्जा समाजका अध्यक्ष बिमल गौतम, बाग्लुङ समाजका अध्यक्ष प्रेम खड्का, तनहुँ समाजका अध्यक्ष देवभक्त श्रेष्ठले शुभकामना मन्तव्य दिएका थिए ।

समाजका अध्यक्ष यज्ञ तिम्सिनाको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मेघनाथ सुबेदीले र सन्चालन समाजका महासचिव नवीन बरालले गरेका थिए ।

Comments are closed.