“दयारानी” नर्वेमा हाउस फूल, लिस्बनमा जून ९ मा


युरोप नेपाली डटकम, लिस्बन ।
नेपाली सिने जगतका एकजना चर्चित हस्ती, अभिनय, लेखन साथै निर्देशन तीनै विधाका अब्बल कलाकार “माहोत्से गुरुङ” द्वारा निर्देशित तथा नेपाली सुपरहिट कथानक चलचित्र “कबड्डी” का निर्देशक रामबाबु गरुङ्ग” द्वारा निर्मित नेपाली कथानक चलचित्र “दयारानी” नर्वेको प्रदर्शन हाउसफूल भएको छ ।

नेपाली सिने क्षेत्रका चर्चित युवा अभिनेता दयाहाङ्ग राई एवं अभिनेत्री दिया पूनको अभिनय तथा पोर्चुगलका सफल नेपाली युवा व्यवसायी केन्द्र लिम्बु तथा पोर्चुगलकै अर्का युवा किरण गुरुङ्ग कार्यकारी निर्माता रहेको “दयारानी” चलचित्र यही आउँदो जुन ९ तारीख आईतबारका दिन साल्दाना मेट्रो नजिक रहेको सिनेमा निमासमा भव्यताकासाथ प्रदर्शन हुने तयारी लगभग पूरा भएको सक्रिय युवा समाजसेवी हेमराज सुवेदीले जनाएका छन् ।

कार्यकारी निर्माता केन्द्र लिम्बू

पोर्तुगलका ब्यबसायीहरु कार्यकारी निर्माता रहेको चलचित्र हेर्न र उपस्थित हुन सम्पूर्ण पोर्चुगलवासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलार्ई कार्यकारी निर्माता केन्द्र लिम्बुले आग्रह गरेका छन् ।

मिति: जुन ९ (आईतबार) २०१९
समयः बिहान १०ः३० बजेबाट
स्थान: सिनेमा निमास (Av. 5 de Outubro,N42B)
साल्दाना मेट्रो नजिक
सम्पर्क: रविन अधिकारी (दियालो)– ९३१७६७९२१
केन्द्र लिम्बु – ९२४४०८५३६
हेमराज सुवेदी – ९२०४०४०३५
ज्याक्सन सेभेन – ९२०४०१०७३
समिर भट्टराई (स्मार्ट ट्राभल्स)– ९२०१७६७४४

Comments are closed.