पोर्चुगलमा गुल्मीका नेपाली युवाको सडक दूर्घटनामा निधन हुँदा अधुरै रह्यो सपना

युरोप नेपाली डटकम, लिस्बन । अहिले अधिकांस नेपाली युवा-युवतीहरुको एउटै सपना जपना छ, युरोप, अमेरिका, अष्ट्रेलिया जाने अनि सुन्दर भविष्य बनाउने तर दुर्भाग्य कहिलेकाहीँ त्यो सुन्दर कल्पना र सपना पुरै उल्टो हुन्छ अनि सपना सधैंलाई अस्ताउँछ । यस्तै भयो एक नेपाली युवाको सपना पोर्चुगलमा ।

आफ्नो सुन्दर भविष्य कोर्न युरोपियन देश पोर्चुगल आएका गुल्मी जिल्ला मुसिकोट नगरपालिका वार्ड नं. ६ का ३६ बर्षिय नेपाली युवा रमेशकुमार शर्मा (रिजाल) ले असामयिक रूपमा ज्यान गुमाउनु परेको छ ।

पोर्चुगलको राजधानी लिस्बनबाट झन्डै तीनसय असी किलोमीटर टाढा बेजा जिल्लाको भिलानोभु मिल्फन्तोस भन्ने स्थानमा मे ३१ तारिख स्थानीय समयानुसार राति ९:४० बजेतिर साइकलमा सवार शर्मा रिजाललाई तीब्र गतिको मोटरसाइकलले ठक्कर दिएपछि गम्भीर घाइते भएका रिजालको आकास्मिक उपचारको क्रममा सोही राति निधन भएको छ । मोटर साइकल चालक ४३ बर्षिय पोर्चुगिस नागरिक डिनेश पनि गम्भीर घाइते भइ उपचारार्थ रहेको जानकारी दिइएको छ ।

शर्मा एक बर्ष अगाडि पोर्चुगल आएका लिस्बनमा रहेका उनका दाजु मदन भण्डारी स्पोर्ट्स एकेडेमी पोर्तुगलका अध्यक्ष अमृत रिजालले जानकारी दिए । उनको अन्तिम श्रद्धाञ्जली र दाहसंस्कार पोर्चुगल मै गरिने पारिवारिक श्रोतले जनाएको छ । “दाहसंस्कारलागि आवश्यक कानुनी प्रक्रिया शुरु भइ सकेको” एनआरएनए पोर्चुगल अध्यक्ष कुबेर कार्कीले बताए ।

नेपाल सरकारकोतर्फबाट गरिनु पर्ने कानुनी सहजिकरण काम लिस्बनस्थित अवैतनिक नेपाली बानिज्यदूतको कार्यालयले गर्ने जनाइएको छ ।

मृतकका आमा बुबा सहित पाँच दाजुभाइ तथा एक दिदी रहेका छन् ।

सन् २०१९ शुरु भए पश्चात पाँच महिना भित्र ४ जना नेपालीहरुले पोर्चुगलमा विभिन्न कारणले आफ्नो ज्यान गुमाइ सकेका छन् ।

1 Comment
  1. […] स्रोत र एनआरएन मार्फत पुष्टी गर्दै युरोप नेपाली डट कमले खबर छापेको छ […]

Comments are closed.