पोर्तुगलमा जनसम्पर्क समितिका पुुर्व महामन्त्री गुरुङ समाजवादी पार्टीमा प्रवेश, एकता समिति २३ जून घोषणा हुने

लिस्बन । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकीकरण भएसँगै पोर्तुगलमा दुवै पार्टीका प्रवास संगठनबीच पनि एकीकरण हुने भएको छ । शनिबार सम्पन्न नेपाली संघीय समाज पोर्तुगल र अन्तर्राष्ट्रिय नेपाली समाज पोर्तुगलको संयुक्त बैठकले एकीकरण गर्ने निर्णय गरेको हो ।

एकीकरण पश्चात “नेपाली समाज पोर्तुगल” नाम रहने भएको छ । एकता समितिको नेतृत्व साबिकको सघीय समाजले गर्ने समझदारी बनेको छ ।

प्रवास सङ्गठनको एकीकरणपछि नेपाली समाज पोर्तुगलको पूर्ण कार्यसमितिको घोषणा भने जुन २३ तारिखका दिन गर्ने बताइएको छ । संयुक्त बैठकले आसन्न गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्तुगलको निर्वाचनलाई लक्षित गरी संगठनले व्यापक सहभागी हुन भरपूर प्रयत्न गर्ने निर्णय गरेको छ ।

संयुक्त बैठकमा नेपाली जनसम्पर्क समिति कोरियाको पूर्वमहामन्त्री र पूर्व कार्यवाहक सभापति तथा पूर्व महासमिति सदस्य आनन्द गुरुङ नेपाली काङ्ग्रेस परित्याग गरी समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

फोरम र नयाँ शक्तिले गत बैशाख २३ गते पार्टी एकता गरेर समाजवादी पार्टी नेपाल गठन भएको छ ।

Comments are closed.