पोर्तुगलमा जून ९ मा “सगरमाथा दिवस” सफल आरोहीहरुलाई सम्मान गर्दै मनाइने

युरोप नेपाली डटकम, लिस्बन । बिश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलो पटक मानव पाइला टेकेको अवसरको सन्दर्भ पारेर नेपाल आदिवासी जनजाति महासंघ पोर्तुगलले सगरमाथा दिवस मनाउने भएको छ ।

नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका नागरिक सर एडमण्ड हिलारीले सगरमाथाको पहिलो सफल आरोहण ६६ बर्षअघि २९ मे १९५३ मा गरेका थिए । बिश्वको सर्वोच्च शिखर सगरमाथाको उचाईं ८,८४८ मिटर रहेको छ । सगरमाथाको अग्रेजी नामकरण “माउन्ट एभरेष्ट” गरिएको छ ।

सगरमाथाको चुचुरोमा मानव मानव पाइला पहिलो पटक पदार्पण भएको दिन मे २९ लाई विगत १२ बर्षदेखि सगरमाथा दिवसको रूपमा मनाइदै आइएको छ । पोर्तुगलमा भने समय सन्दर्भ मिलाएर जून ९ तारिख मनाउने तयारी भएको जनाइएको छ ।

सोही महान उपलब्धीको सन्दर्भ पारेर नेपाल आदिवासी जनजाति महासंघ पोर्तुगलले सगरमाथाको सफल आरोहण गर्ने पोर्तुगलमा रहेका नेपाली र पोर्तुगिस नागरिकहरुलाई पनि विशेष कार्यक्रम गरी सम्मान गर्ने भएको छ ।

यही जून ९ तारिख आइतबार लिस्बनको आन्जुसस्थित जिनासियो हलमा दिउँसो ३ बजे कार्यक्रम गर्ने तयारी भएको महासंघका एक पदाधिकारीले जानकारी दिए ।

“१२ औं सगरमाथा दिवसको अवसरमा लिस्बनमा आयोजना हुन गैरहेक‍ो सगरमाथा दिवस विशेष कार्यक्रममा उपस्थित भई देशको शान र मानलाई विश्वभर फैलाउन पोर्तुगलबासी सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी र ईष्टमित्रहरुलाई हार्दिक अनुरोध गर्दछौं” महासंघले आह्वान र आग्रह गरेको छ ।

कार्यक्रम :

मिति: २०१९ जून ९ आईतवार
स्थान: जिनासियो क्लव, आन्जोस
समय: दिउँसो ३:०० बजे ।

Comments are closed.