पोर्तुगलमा महिला समाज दर्ता, अगस्ट १८ मा सार्वजनिकरूपमा तीज मनाउने

युरोप नेपाली डटकम, लिस्बन । स्थापनाको छोटो समयमा नै सामाजिक कार्यमा ससक्त रूपमा प्रस्तुत भइ सुपरिचित भएको नेपाली महिला समाज पोर्तुगल सरकारको सामाजिक संस्थाको नियम बमोजिम औपचारिक रुपमा दर्ता भएको छ ।

हिजो जुलाई २३ तारिख दर्ता भएसंगै महिला समाजले अझ जिम्मेवार र समाजप्रति उत्तरदायी बनेको समाजकी अध्यक्ष निर्मला खराल ढकालले प्रतिक्रिया दिइन ।

महिला समाजले नेपाल फेस्टिबल र फुटबलमा हेल्थ शिविर संचालन, असाह्यय बालबालिका र मानिसहरूकालागि खाना खुवाउने, पोर्तुगलका नेपाली दिदीबहिनीहरुका विविध समस्या समधान गर्न सक्रिय र अग्रणी भुमिका निभाउँदै आएको छ ।

पोर्तुगलका नेपाली महिलाहरुले सार्वजनिक रूपमा मनाउंदै आएको तीज कार्यक्रम यसपालि पनि महिला समाजले बृहत रूपमा मनाउने निर्णय गरेको विवरण प्राप्त भएको छ ।

आगामी अगस्ट १८ तारिख आइतबार पोर्तुगलका नेपाली दिदीबहिनीको साझा संस्था महिला समाजले तीज विशेष तयारीकासाथ मनाउने जनाइएको छ ।

Comments are closed.