पोर्तुगलमा सडक दुर्घटनामा निधन भएका नेपाली युवाको जून ६ तारिख बिहीबार लिस्बनमा अन्तिम श्रद्धाञ्जली र दाहसंस्कार गरिने

लिस्बन । पोर्तुगलको बेजा जिल्लाको भिलानोभु मिल्फन्तोस भन्ने ठाउँमा सडक दुर्घटनामा गत मे ३१ तारिख राति असामयिक रूपमा ज्यान गुमाएका गुल्मी जिल्ला मुसिकोट नगरपालिका वार्ड नं. ६ का ३६ बर्षिय नेपाली युवा रमेशकुमार शर्मा रिजालको भोलि जून ६ तारिख बिहिवार लिस्बनमा अन्तिम श्रद्धाञ्जली र दाहसंस्कार हुने भएको छ ।

अन्तिम श्रद्धाञ्जली दाहसंस्कारकालागि केही पारिवारिक सदस्यहरु लिस्बन आइपुगेको मृतकका एकाघरका दाजु मदन भण्डारी स्पोर्ट्स एकेडेमी पोर्तुगलका अध्यक्ष अमृत रिजालले जनाएका छन् । दाहसंस्कारकालागि आवश्यक कानुनी काम भइ रहेको भोलि बिहानसम्म सकिने एनआरएनए पोर्तुगलका उपाध्यक्ष गोविन्द सापकोटाले जानकारी दिए ।

अन्तिम श्रद्धाञ्जली कार्यक्रममा उपस्थिति भइदिन लिस्बनस्थित अवैतनिक नेपाली बाणिज्यदूत कार्यालय, पोर्तुगलस्थित सम्पुर्ण नेपाली संघ-संस्था अध्यक्ष तथा प्रतिनिधि, पत्रकार, ब्यबसायी, खेलाडी, स्पोर्ट्स क्लबहरु लगायत सम्पुर्ण पोर्तुगलबासी नेपाली दाजुभाइ दिदीबहिनीहरुमा मृतकका दाजु अमृत र परिवारजनले विनम्र आग्रह गरेका छन् ।

अन्तिम श्रद्धाञ्जली हुने स्थान र विवरण :

मिति : ६ जून २०१९ बिहिवार ।

स्थान : Funeraia Capuchos साउजोसे हस्पिटल मर्तिमुनिज पछाडि (कुखुरे पार्क जानेबाटो) ।

समय : दिउसो २:२० देखि ३:१५ बजेसम्म ।

दाहसंस्कार गरिने स्थान र विवरण:

श्रद्धाञ्जली कार्यक्रम सकिएपछि
स्थान : कामरत, एयरपोर्ट पछाडि ।

Comments are closed.