बेल्जियममा गंगा शर्माले आसिसी सदस्यमा उम्मेदवारी दिने

बेल्जियम । विगत २० वर्षदेखि बेल्जियमवासी नेपालीहरुका हरेक सुखदुःखमा साथसाथै रहेर समाजमा सक्दो योगदान दिदै आएका गंगाप्रसाद शर्माले एनआरएनए आसिसी सदस्य उम्मेदवारी दिने घोषणा गरेका छन् ।

लामो समयदेखि जनप्रगतिशील मंच, बागलुड समाज बेल्जियम जस्ता सँस्थाहरुमा रहेर निरन्तर मानवीय परोपकारी कार्यमा लागिरहेका शर्मा बेल्जियमका नेपालीबीच चिर्परिचित अनुहार हुन् ।

गत वर्षको एनआरएन बेल्जियमको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएर निर्वाचित नभए पनि उल्लेख्य मत प्राप्त गरेका शर्माले यसपल्ट आफू निर्वाचित हुने अपेक्षा राखेका छन् ।

“बेल्जियमको एनआरएन, समाज , संघ-संस्थाहरुको अवस्था तथा साथीभाईहरुको सल्लाह अनुसार अगस्टमा हुने निर्वाचनमा मैले केन्द्रीय सदस्य (आईसीसी सदस्य) पदमा उम्मेदवारी दिने निर्णय गरेको छु, उम्मेदवारी दिने भएपनि यो समाजको एकता र सहकार्यको लागि सहमति हुने अवस्थामा म लचक हुनेछु र सवैले सर्वसम्मत नेतृत्वको लागि प्रयास गरौं”
शर्माले भने ।

Comments are closed.