‘याेगमाया’ आधारित नाटक अब पर्दामा

विद्रोही नारीका रुपमा परिचित ‘योगमाया’को कथामा आधारित रहेको उपन्यासले २०७४ को मदन पुरस्कार जितेको थियो ।

गत वर्षको मदनपुरस्कार विजेता कृति निलम कार्की निहारिकाको ‘योगमाया’मा आधारित रहेर नाटक शुक्रबारदेखि मञ्चन हुनेभएको छ । विद्रोही नारीका रुपमा परिचित ‘योगमाया’को कथामा आधारित रहेको उपन्यासले २०७४ को मदन पुरस्कार जितेको थियो । टंक चौलागाईँको नाट्य परिमार्जन तथा निर्देशनमा तयार भइरहेको नाटकमा प्रकेश सिन्धुलीयको सहनिर्देशन रहेको छ भने सुरज तमुले कोरियोग्राफी गरेका छन् ।

नाटकमा केन्द्रिय पात्र योगमायाको भूमिकामा मिथिला शर्मा रहनेछन् त्यस्तै राधा श्रेष्ठ, प्रभाकर न्यौपाने, प्रल्हाद खरेल, श्याम खड्का, प्रकेश सिन्धुलीय, राज न्यौपाने, दीपिका ढकाल लगायतका कलाकारको अभिनय रहनेछ । नाटक स्कुल थिएटर नेपाल र साङ्ग्रिला फउन्डेसनको प्रस्तुती हो । जेठ २४ गतेदेखि मञ्चन हुने असार १६ सम्म मंगलबार बाहेक हरेक साँझ ५:२५ बजे, नियमित रूपमा शिल्पी थिएटर, बत्तिसपुतलीमा मञ्चन हुनेछ । नाटक शनिबार अतिरिक्त शो १:०० बजे गरि दुइ शाे मञ्चन हुनेछ ।

Comments are closed.