“लक्ष्मी” पोर्तुगलको जम्बुजेइरा पनि पुग्यो !

युरोप नेपाली डटकम, जम्बुजेइरा पोर्तुगल । लिस्बनमा ब्यवसायिक सफलताकासाथ अगाडि बढिरहेको “लक्ष्मी ट्राभल्स एन्ड टुर्स” अब पोर्तुगलको जम्बुजेइरामा पनि खुलेको छ । गत जुलाई १७ तारिख बुधबारदेखि ट्राभल्सले जम्बुजेइरामा आफ्नो व्यवसायिक कार्य प्रारम्भ गरेको हो ।

जम्बुजेइराको Rua Miramar N26 7630-789 Zambujeira do Mar ठेगाना रहेको स्थानमा लिस्बन बाहिर लक्ष्मी ट्राभल्स एन्ड टुर्सको पहिलो शाखा खुलेको हो ।

ट्राभल्स शाखाको एनआरएनए आसिसी सदस्य नरेन्द्रबहादुर हमालले उद्घाटन गर्दै व्यवसायिक सफलताको शुभकामना दिएका थिए । उद्घाटनको अवसरमा एनआरएनए पोर्तुगलका वरिष्ठ उपाध्यक्ष तिलक गैरे, जनसम्पर्क समिति पोर्तुगलका उपाध्यक्ष वकिल केसी, व्यवसायी कुबिर मल्ल लगायतले पनि शुभकामना दिए ।

युवा व्यवसायी बिक्रमजंग कुँवरद्वारा संचालित लक्ष्मी ट्राभल्स एन्ड टुर्स लिस्बनमा बिश्वसनीय भरपर्दो, सुलभ र सुफथ मुल्यमा कारोवार गर्ने कम्पनीको रूपमा चिनिन्छ ।

“खासगरी पर्यटक र पोर्तुगलको कृषि क्षेत्रमा काम गर्ने नेपाली, बङलादेशी, भारतीय र पाकिस्तानीहरुलाइ सेवा र सुविधा पुगोस् भन्ने हेतुले टिकटिङ, मनि ट्रास्फर, कार बस भाडामा, टुर्स प्याकेज, इन्स्योरेन्स लगायतको व्यवस्था सहित व्यवसाय शुरु गरिएको र आफ्नो कम्पनीमा आउने सबैलाई व्यवसायिकरूपमा सन्तुष्ट बनाउने” कम्पनीका प्रमुख बिक्रमजँग कुँवरले प्रतिबद्धता जनाए ।

Comments are closed.