नेपाली नारी समाज पोर्तुगलद्वारा सञ्चालित हाउस किपिङ तालिम सम्पन्न


पुनम गौतम, १० मे, लिस्बन, पोर्तुगल ।

नेपाली नारी समाज पोर्तुगलद्वारा सञ्चालित हाउस किपिङ तालीम आज मे १० तारिख शुक्रवार लिस्बनमा समापन भएको छ । मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर सञ्चालन गरिएको तालिममा नेपालबाट पोर्तुगल आएका नयाँ नेपाली महिलाहरु लक्षित तालिममा १८ जना महिलाहरुको सहभागिता रहेको थियो ।

नेपालबाट आएका नेपाली महिलाहरुको क्षमता अभिवृद्धि, अवसर प्राप्तिकालागि तालिम सञ्चालन गरिएको समाजकी उपाध्यक्ष मिनामाया खरेलले जानकारी दिइन् ।

लामो समयदेखि पोर्तुगलमा हाउस किपिङ गर्दै आएकी अध्यक्ष जयकला राइसहित कार्यसमितिका ४ जना पदाधिकारीहरुले तालिम दिएका थिए । केहि महिना अघि नेपालबाट आएकी शान्ति पुन अर्गेजाले समाजको तालिमले सुनौलो अवसर दिएको र तालिमले क्षमता वृद्धि भएको अनुभव सुनाइन् । साथै सहभागी महिलाहरुले नेपाल र पोर्तुगलको हाउस किपिङ काम फरक नभएको तर सामानहरुको नाम र भाषाको समस्या भएता पनि कामको अवसर प्राप्त भएमा गर्न सक्ने क्षमता रहेको बताएका छन् । तनेपाली महिलाहरु हाउस किपिङ जस्तो निकै मेहनत गर्नु पर्ने काम गर्न नसक्ने हो कि भन्ने भ्रम तालिमले तोडिएको र अब गर्न सक्ने आटँ प्राप्त भएको सहभागीह्को भनाई छ ।

त्यस्तै सहभागीहरु मध्ये बाटपनि कामको अवसर प्राप्त भएर अहिले निरन्तर काम गरिरहेको सोहि अवसरमा जानकारी दिईएको छ । सहभागी महिलाहरुले आगामी दिनमा
पनि यस्तै खालका अवसरहरु प्रदान गर्न समाजलाई आग्रह गरेका छन् ।

नेपाली नारी समाज पोर्तुगलले स्थापनाकालदेखि नेपालसम्म सामाजिक क्षेत्रमा सक्रिय रुपमा सहयोग गर्दै आएको छ । प्रत्येक वर्ष महिलाहरुको क्षमता वृद्धिकालागि विभिन्न तालिमहरु प्रदान गर्दै आईरहेको छ । सोहि अवसरमा समाजले साहित्यकार लिला लुईटेललाई पोर्तुगलमा स्वागत गर्दै सम्मान समेत गरेको छ । समाजकी अध्यक्ष जयकला राईको अध्यक्षतामा सम्पन्न कार्यक्रम महासचिव सिता श्रेष्ठले सञ्चालन गरेकी थिइन् ।

Comments are closed, but trackbacks and pingbacks are open.