लिस्बनमा तनहुँ समाजको सुशी तालिम शुरु

 

 

युरोप नेपाली डटकम, ११ मे । तनहुँ समाज पोर्तुगलले आज मे ११ देखि लिस्बनमा १ महिने सुशी तालिम दिन शुरु गरेको छ । लिस्बनको आरोइस स्थित हेरिटेज रेस्टुरेन्टको हलमा सुशी प्रशिक्षक समेत रहेका समाजका अध्यक्ष देव श्रेष्ठले तालिमको उद्घाटन गर्दै सुशीको आधारभूत जानकारी  दिए ।

तालिम हप्ताको चारदिन शनिबार, आइतबार, सोमबार र मंगलबार बिहान र दिउँसो दुई सिफ्टमा संचालन हुने समाजकी सक्रिय सदस्य बिनु बस्नेतले बताइन् । बिहान ९-१० बजे र दिउँसो ४-५ बजे तालिम संचालन हुनेछ । तालिमकालागि अत्यन्त न्यूनतम ५२ युरो मात्र सेवा शुल्क राखिएको बस्नेतले जनाइन् ।

सम्पुर्ण  तालिम भने होम स्वीट सुशीका सेफ दीपक भुजेल थापा र जीतबहादुर थापाले दिने तनहुँ समाजका अध्यक्ष देवभक्त श्रेष्ठले बताए । यसैगरी सुशी रेष्टुरेन्टका लागि आवश्यक मोलिओ तयारीका लागि सुरेशकुमार प्रधानले सहजीकरण गर्नेछन् ।

पोर्तुगलमा पनि विश्वभर प्रसिद्ध जापानीज खाना सुशी पाइने रेष्टुरेन्टहरु धेरै खुलिसकेका छन् । बफेट पाइने ठाउँहरुमा सुशीको निकै माग हुने गरेको रेष्टुरेन्ट व्यवसायीहरु बताउँछन् । भात, माछा, समुन्द्री खाना र फलफूल प्रयोग गरी तयार गरिने सुशी युरोपियन शहरहरुमा निकै महङ्गो र स्तरीय खाना मानिन्छ । सुशीमा निपुण कामदारले पोर्तुगलमा पनि अरुभन्दा तुलनात्मक रुपमा सजिलो र राम्रो आम्दानी हुने काम पाउन सक्छन् ।

Comments are closed, but trackbacks and pingbacks are open.