युरोपको अन्तिमबिन्दु पोर्चुगलको समुन्द्री किनारबाट गुन्जिए गजलकार “स्पन्दन बिनोद”

भगवान गिरी, कावो दा रोका ।

११ मे २०१९ । युरोपको सबैभन्दा पुरानो मध्ये एक सभ्यता मानिएको पोर्तुगलमा बसेर साहित्यक सृजना गरिरहेका गजलकार स्पन्दन बिनोदका दुई गजल कृति ‘अबिरल स्पन्दन’ र ‘भिजाएर गयौ’, युरोपको अन्तिम बिन्दु रहेको पोर्तुगलको राजधानी लिस्बनबाट झन्डै ४६ किमी टाढा कावो दि रोकाबाट बिमोचित भएको छ ।

अनेसास पोर्चुगलको आयोजनामा प्रमुख अतिथि अनेसास केन्द्रका युरोप उपाध्यक्ष सुनील संगम र बिशिष्ठ अतिथि मानक नेपाली भाषाकी एक अभियन्ता, बरिष्ठ साहित्यकार एवं समालोचक लिला लुईंटेलले संयुक्त रूपमा बिमोचन गर्नु भएको थियो ।

कार्यक्रममा नेपालदेखि आउनु भएकी साहित्यकार लिला लुईटेल र अनेसास केन्द्रका उपाध्यक्ष सुनिल संगमले पुस्तकको समालोचना गर्नुभयो भने एनआरएनए आईसीसी सदस्य नरेन्द्रबहादुर हमाल, एनआरएनए पोर्तुगल उपाध्यक्ष ईश्वर रिजाल लगायतले शुभकामना ब्यक्त गर्दै स्पन्दन बिनोदको साहित्य मोह र सक्रियताको प्रशंसा गर्नु भएको थियो ।

सो अवसरमा स्पन्दनले आफ्ना केही गजलहरु बाचन गरि साहित्य माहोललाई गुन्जयमान बनाउनु भएको थियोे ।

उक्त कार्यक्रममा पोर्चुगलस्थित बिभिन्न संघ-संस्थाका अग्रज, प्रतिनिधि, कलाकार, पत्रकार, साहित्यकार एवम् साहित्य अनुरागीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रम अनेसास पोर्चुगलका अध्यक्ष वाई वी गुरुंगको अध्यक्षतामा अनेसास पोर्चुगलका सदस्य यादब देवकोटाले संचालनमा सम्पन्न भएको थियो ।

गजकार स्पन्दन

स्पन्दन बिनोदका सोहि कृति अनेसास नेपाल च्याप्टरको आयोजनामा गत चैत्र १७ गते प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाण्डौमा एउटा भब्य समारोहका बीच लोकार्पण भएको थियो ।

बरिष्ठ पत्रकार भैरव रिसालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा डा. घनश्याम परिश्रमी, प्रभात किरण, बरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्याय र अनेसासका केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीले मन्तव्य राख्दै परदेशमा बस्ने गजलकार स्पन्दन बिनोदका कृतिले नेपाली साहित्यमा पुर्याएको योगदान बारे सो अवसरमा चर्चा भएको थियो ।

बिदेशमा १० युरो मुल्य रहेको उक्त छन्द र गैर छन्दमा लिखित दुई गजल कृतिको बिक्रीबाट आएको रकम नेपालमा बिभिन्न रोगबाट ग्रसित असाहय बुढाबुढी, महिला तथा बालबालिकालाई सहयोग गर्ने गजलकार स्पन्दन बिनोदले जानकारी दिनुभयो ।

Comments are closed, but trackbacks and pingbacks are open.