गैर आवासीय नेपाली संघ पोर्तुगलको सातौं अधिवेशन अगस्ट २५ र २६ मा, सदस्यताकालागि आवेदन खुला (लिन्कसहित)

युरोप नेपाली डटकम, लिस्बन १२ मे ।

गैर आवासीय नेपाली संघ पोर्तुगलको सातौं राष्ट्रिय अधिवेशन अगस्ट २५ र २६ तारिख लिस्बन हुने भएको छ । संघको आज बसेको बैठकले सो निर्णय गरेको सचिव प्रकाश कडरियाले  युरोप नेपाली डटकमलाई जानकारी दिए ।

बैठकले संघको सदस्यताकालागि आवेदन खुला गर्दै सदस्य बन्न अनलाइन दर्ता गर्नुपर्ने ब्यबस्था गरेको छ । एनआरएनए केन्द्रको निर्णय बमोजिम यसपटकदेखि हरेक देशमा अनलाइन सदस्यता भर्नु पर्ने ब्यबस्था गरे बमोजिम पोर्तुगलमा पनि सोही मुताविक भएको बताइएको छ ।

सदस्यता बिस्तारकालागि लिस्बनमा उपाध्यक्ष ईश्वर रिजाल, अलेन्तेजु क्षेत्रमा वरिष्ठ उपाध्यक्ष तिलक गैरे र अल्गार्भ क्षेत्रमा क्षेत्रीय अध्यक्ष अनिल शर्मालाई संयोजकको जिम्मेवारी तोकिएको प्रबक्ता प्रभात पौडेल बताए ।

सदस्य बन्ने म्याद जुलाई २० तारिखसम्म राखिएको र सदस्यता शुल्क १० युरो तोकिएको छ ।

सदस्यता लिन आवश्यक विवरण र कागजातहरु :

NRNA PORTUGAL MEMBERSHIP IS NOW OPEN. LINK IS GIVEN BELOW TO REGISTER. THANK YOU.
need to add.
1. profile picture which will published in NRNA ID CARD
2. Any documents shows that we are living out of Nepal for 2 or more than 2 yrs.
ex.: stamp copy of exit nepal. Finance paper, portugal residency and VISA.. etc

FOR ANY ASSISTANCE EMAIL:

[email protected]

सदस्यता बन्नकालागि लिन्क

https://mero.nrna.org/

Comments are closed, but trackbacks and pingbacks are open.