पुवा न्यु गिनीमा आयो ७.२ रेक्टर स्केलको महाभूकम्प

प्रशान्त माहासागरमा रहेको टापू देश पपुवा न्यू गिनीमा ७.२ म्यानिच्युडको भूकम्प आएको छ । भूकम्प गए पनि हताहतीको कुनै खबर छैन ।

भूकम्प मंगलबार स्थानीय समय अनुसार बिहान ७ः२० आएको थियो । भूकम्प देशको पूर्वी भागमा रहेको वुलोलोबाट ३३ किमी दक्षिणपूर्वी भागमा आएको समाचारमा जनाइएकाे छ । यो जमिनभन्दा १ सय २७ किलाेमिटर मुनी रहेकाे भूगर्भविदले बताएका छन् ।

भूकम्पले जमिनको सतहभन्दा निक्कै गहिराईमा केन्द्रबिन्दु बनाएकाे छ । जसले सुनामीको सम्भावना नरहेको प्रशान्तीय सुनामी सतर्कता केन्द्रले बतायो । भूकम्पको धक्का २ सय ५० किमी टाढा रहेको राजधानी पार्ट मोरेस्वीसम्म महसुस गरिएको थियो । एजेन्सी

Comments are closed, but trackbacks and pingbacks are open.