मे १८ को बुद्ध जयन्ती लिस्बनमा भब्यरूपमा मनाउन तयारी तीब्र

लिस्बन, पोर्तुगल । २५६३ औ बुद्ध जयन्तीको शोभा यात्रामा सहभागी बनौं, बुद्ध भुमि नेपालको प्रचार-प्रसार गरौं आह्वानकासाथ हरेक बर्ष जस्तै यसबर्ष पनि २५६३ औं बुद्ध जयन्तीको अवसरमा १८ मई २०१९ को दिन पोर्चुगलको राजधानी लिस्वनमा बृहत शोभा यात्राको आयोजना गरिने तयारी तीब्र भएको छ ।

बिहान १२ बजे देखि CASA DE LAFOES को हल RUA DA MADALENA ,199 first floor मा भगवान बुद्धको पुजा आराधना पस्चात, शोभा यात्रा प्रासा दि कमर्सियो बाट दिनको ३ .४५ बजे शुरु भई प्रसाद वितरण पश्चात समापन हुनेछ । शोभा यात्रामा बुद्द र उनका उपदेश अंकित प्ले कार्ड र बिभिन्न झाँकीहरु समावेश हुनेछन ।

२५६३ औ बुद्ध जयन्तिको शोभा यात्रा लाई सभ्य र भब्य रुपमा सम्पन्न गरि प्रबासमा बुद्ध भूमि नेपाल र नेपालीको पहिचानको प्रचार-प्रसार गर्ने यस अभियानमा सरिक हुन पोर्चुगलबासी सम्पूर्ण नेपाली बुवाआमा, दाजुभाई, दिदीबहिनीहरु अवैतनिक नेपाली बाणिज्यदूतको कार्यालय लिस्बनले आग्रह गरेको छ ।

साथै नेपालको राष्ट्रिय झण्डा र आ-आफनो समुदायका भेष भुषामा उपस्थित भई शोभा यात्रालाई थप आकर्षक बनाउन आ-आफनो स्थान बाट सहयोग गरिदिनु हुन सम्बन्धित सबैलाई २५६३ ओं बुद्ध जयंती मुल समारोह समितीकोतर्फबाट हार्दिक अनुरोध गरिएको छ

Comments are closed, but trackbacks and pingbacks are open.